Copy
Share
Tweet
Forward

"Encouraging Ethical Journalism and  fact-based reporting to tell all sides of the story, and to show respect and humanity".  

INJA provides the latest tips, trends and information on various opportunities. Sign up here for our email notifications and future bulletins.

INJA Sign up Form

राष्ट्रपति विध्यादेवी भन्डारीसंग ईन्जाको भेटवार्ता: प्रवासमा नेपाली पत्रकारहरूको अवस्था र उत्थानका लागी ईन्जाको अभियानका बारेमा जानकारी 


मार्च १३, २०१९ 

नेपालका राष्ट्रपति विध्यादेवी भण्डारीसंग अन्तरराष्ट्रिय नेपाली पत्रकार संघ(ईन्जा ) को एक प्रतिनिधि मण्डलले भेटी प्रवासमा नेपाली पत्रकारहरुको अवस्था र उत्थानका लागी ईन्जाको अभियानका बारेमा जानकारी गराएको छ ।

'शक्तिमा महिला' विषयक राष्ट्र प्रमुखहरुको उच्चस्तरीय कार्यक्रममा भाग लिन अमेरिका भ्रमणमा आउनु भएको राष्ट्रपति विध्यादेवी भण्डारीलाई ईन्जाका अध्यक्ष गुणराज लुईटेलको प्रतिमण्डल टोलीले  ईज्जाका गतिविधी र कार्यक्रम सहितको १३ बुदे सुझाव तथा प्रतिबद्धता पत्र राष्ट्रपतिलाई हस्तान्तरण गरेको छ।

राष्ट्रपति विध्यादेवी भण्डारीलाई हस्तान्तरण गरीएको पत्रमा विश्वभर छरिएर रहेका नेपाली पत्रकारहरुलाई ब्यबसायिक रुपमा एकबद्धता गर्ने , यहाँका श्रोत साधन र अवसरहरुलाई मातृभूमिमा रहेका संचारकर्मी समक्ष पुर्याउने ,नेपालका बिभिन्न ठाउँमा रहेका संचार सम्बन्धि साना ठूला सबै संघसंस्थासंग मिलेर परिणाममुखीकाम गर्ने लक्ष्य लिएको उल्लेख छ । ईञ्जाले एसिया, युरोप , अस्ट्रेलिया र अमेरिका गरी चार वटा महादेशमा शाखाहरु विस्तार गरि सकेको ब्यहोरा अध्यक्ष लुईटेलले जानकारी गराउनु हुदै नेपाली भाषी पत्रकारहरुको ब्यबसायीकरणका लागी अमेरिकामा रहेका पाच वटा अन्तरराष्ट्रियस्तरका बिदेशी गैर नाफामूलक संस्थाहरुसंग सम्बन्ध विस्तार गरि रहेको बताउनु भएको थियो ।

उक्तप्रतिमण्डल टोलीमा ईञ्जाका संचार निर्देशक तथा ईनेप्लिजका सम्पादक विजय थापा ,स्वतन्त्र संचारकर्मी तथा ईनेप्लिज कि आवासीय सम्पादक सच्ची मैनाली तथा ईञ्जा कार्यकारी समिति सदस्य तारा भट्टराईको उपस्थिती थियो ।

उक्त भेट वार्तामा महिला संचारकर्मी तारा भट्टराई तथा सच्ची मैनालीसंग राष्ट्रपतिले अभिरुचिपूर्वक महिलाहरुका बिषयमा उठान गरेका कुराहरु सुन्नु भएको थियो ।दुबै महिला संचारकर्मीलाई अमेरिकामा नेपाली भाषी महिलाहरुको बर्तमान अवस्थाका बारेमा राष्ट्रपतिले चासो राख्नु भएको थियो ।ईन्जाको उक्त प्रतिनिधि मण्डलले अमेरिकामा राष्ट्रपतिलाई स्वागत गर्दै ईन्जा गैर मुनाफामूलक संस्थाको रुपमा संसार भरी बिकसित भैरहेको जानकारी गराएको थियो ।


ईन्जा मुख्यालय
वाशिंगटन डिसी।

अन्तरराष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) संसार भरि रहेका नेपाली पत्रकारहरु वीचमा मर्यादित पत्रकारिताको अभिबृद्धि र विकासमा  जोड दिंदै यसको लागि आवस्यक नेटवर्क, स्रोत साधन र फोरम प्रदान गर्न स्थापित गैर-नाफामुलक, गैर-राजनितिक तथा गैर-सरकारी सामाजिक संस्था हो । 

 

Like INJA Networking
Like INJA in Facebook
Like INJA in Instagram
INJA Website






This email was sent to <<Email Address>>
why did I get this?    unsubscribe from this list    update subscription preferences
International Network for Nepali Journalists · 45742 Smoketree Ter · Sterling, VA 20166 · USA

Email Marketing Powered by Mailchimp